बिहिबार, साउन १०, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • अधिवेशनको फेसबुके घोषणाले अखिलमा भाडभैलो : स्ववियु निर्वाचन बिथोलिने संकेत

अधिवेशनको फेसबुके घोषणाले अखिलमा भाडभैलो : स्ववियु निर्वाचन बिथोलिने संकेत


कान्तिपथ


नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं अधिवेशनको मिति घोषणा र त्यसले देखिएको विवादले स्ववियु निर्वाचन बिथोलिने देखिएको छ । एमालेले चैत मसान्तभित्र जनसंगठनहरूको महाधिवेशन गर्न भनेको छ ।

फेसबुकमा अनेरास्ववियु केन्द्रीय कार्यालयले आज बसेको अनेरास्ववियु पदाधिकारीको बैठकको निर्णय बमोजिम अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन फागुन २,३, ४ मा काठमाडौमा सम्पन्न गर्ने निर्णय भएको जानकारी गराएको छ। साथै सम्मेलन /अधिवेशन नभएका कमिटीहरुको अधिवेशन माघ १५ सम्म गरिसक्नु पर्ने निर्णय भएको छ। बैठकका अन्य निर्णयहरु सर्कुलर मार्फतमा पठाईने उल्लेख छ ।

फेसबुक मार्फत अधिवेशनको मिति घोषणा भएपछि अधिकांश पदाधिकारीले केन्द्रिय कार्यालयको फेसबुक पेज ह्याक भएको भन्दै व्यंग्य कसेका छन् । मिति घोषणा अनुकुलता अनुसार र आफ्नो स्वार्थ सिद्धका लागि गरिएको हुनसक्ने एक पदाधिकारीले आशंका गरे । स्रोतका अनुसार अखिलको बैठकमा मिति घोषणाको विषयमा विवाद भएपछि कुनै निर्णय भएको छैन।

चैत ५ गते त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न लागेको छ । पदाधिकारीमा देखिएको बेमेलले स्ववियु निर्वाचनलाई असर गर्ने देखिएको छ ।

२०७३ सालमा अनेरास्ववियुको २२ औं महाधिवेशनबाट नविना लामा अध्यक्ष निर्वाचित भएयता अखिलको महाधिवेशन भएको छैन । यसबीचमा नेकपा एकतापछि दुवै अखिलको समायोजनमा ऐन महर अध्यक्ष भएका थिए । महरलाई बिदा गरेर सुनिता बराललाई पार्टी नेतृत्वले अध्यक्ष बनाएको थियो । ६ वर्षपछि हुने अखिलको महाधिवेशनले नेतृत्वमा भएको जामलाई अन्त्य गर्ने विद्यार्थी नेताहरूले बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत