शनिबार, मंसिर १६, २०८०

दुग्ध सहकारीको आफ्नै भवनबाट सेवा


कान्तिपथ


डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । लामो समयसम्म भाडामा बस्दै आएको सहकारीले अढाई तले भवन बनाएपछि नयाँ भवनबाट सेवा आरम्भ गरेको जनाएको हो । 

लुम्बिनी प्रदेश सरकारको ५५ लाख र सहकारीको ४० लाख गरी ९५ लाख लागतमा सहकारीको भवन बनेको हो । भवन निर्माण भएपछि दैनिक सहकारीमा सेवा लिन आउने ग्राहकका लागि सेव प्रवाह गर्न सहज भएको छ । आफ्नै भवन बनेपछि सहकारीमा आबद्ध किसान उत्साहित बनेका छन् । 

दुध उत्पादन गर्ने पाँच सय किसान सहकारीमा आबद्ध भएर भवन निर्माण गरेको सहकारीका अध्यक्ष दुर्गा खाँड ठकुरीले जानकारी दिनुभयो । भवन निर्माण भएपछि दैनिक उत्पादन हुने दुई हजार ५०० लिटर दुध सङ्कलन, भण्डारण तथा वितरणमा सहजता आएको अध्यक्ष ठकुरीले बताउनुभयो । नयाँ भवन निर्माणपछि सहकारीले दुधलाई विविधिकरण गरेर अन्य बस्तु उत्पादन गर्ने तयारी गरेको सहकारीका व्यवस्थापक गोपाल जिसीले जानकारी दिनुभयो । 

सहकारीले दैनिक सङ्कलन गरिरहेको दुधमध्ये एक हजार ५०० लिटर पाल्पामै र अन्य एक हजार लिटर दुध पोखरा जाने गरेको छ । दुध उत्पादनमा प्रोत्साहन गर्न तिनाउ, रिव्दीकोट गाउँपालिकाले दुई देखि चार रुपियाँ प्रतिलिटर अनुदान रकम दिएका छन् भने लुम्विनी प्रदेश सरकारले प्रतिलिटर दुई रुपियाँ उत्पादनका आधारमा सहयोग गर्दै आएको सहकारीले जनाएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत