शनिबार, चैत्र १८, २०७९
  • गृहपृष्‍ठ
  • यातायात
  • निजगढ काठमाडौं द्रुतमार्गकाे काम  पहिलो प्राथमिकतामा छ : रक्षा मन्त्री उप्रेती

निजगढ काठमाडौं द्रुतमार्गकाे काम  पहिलो प्राथमिकतामा छ : रक्षा मन्त्री उप्रेती


कान्तिपथ


सर्लाही । सर्लाही । नेपाल सरकारका रक्षा मन्त्री हरि उप्रेतीले निजगढ काठमाडौं द्रुतमार्गको काम आफ्नो कार्यकालको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

मुर्तियमा आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले सुरु भएको ऐतिहासिक मुक्तेश्वर महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रक्षा मन्त्री उप्रेतीले द्रुतमार्गको काम समयमा नै सम्पन्न गर्न सरकार लागि परेको बताउनुभयो ।  केही प्राविधिक समस्याले काम ढिलो भएको भन्दै उहाँले  त्यसको समाधान गरि समयमा नै काम सम्पन्न गर्न नेपाली सेनालाई निर्देशनसमेत दिने बताउनुभयो ।

संघीय राजधानीसँग जोडने फास्ट ट्रयाक अन्तर्गतको मुडेबाट सर्लाहीको बागमतीसम्मको दुरी १४ किलोमिटर मात्र रहेकाले वैकल्पिक सडक निर्माणको लागि अध्ययन गर्न सरकार चाँडै लागिपर्ने उहाँले आश्वासन दिनुभयो । रक्षा मन्त्री उप्रेतीले मधेसको जनताको उन्नति तथा प्रगतिको लागि निजगढ फास्ट ट्रयाक आजको आवश्यकता भएको बताउनुभयो ।

उहाँले निजगढ काठमाडौँ द्रुतमार्गको काम तीव्र गतिमा अघि बढाइसकेको र सुरुङ खन्ने काम सुरु भएको कतिपय ठाउँमा सुरुङमा समस्या भएपनि त्यसको निराकरणको लागि नेपाली सेनालाई निर्देशन समेत दिइएको बताउनुभयो ।

मधेसको समृद्धिको लागि रोकिएको फास्ट्रयाकको निर्माण विभिन्न चरणमा छलफल गरेर सबै अवरोध हटाएर अघि बढिने बताउनुभयो ।  ‘सबै दलसँग हातेमालो गरेर अघि बढ्ने छु, जनताको सुख नै आफ्नो सुख हो, अहिलेको पद भनेको जनताको भारी बोक्ने पद हो, विकसित देशको अगाडी नेपाली जनताको शिर ठाडो पार्नु हाम्रो कर्तव्य हो’, उहाँले बताउनुभयो । 

महोत्सवको उद्घाटन गर्दै रक्षामन्त्री उप्रेतीले वर्तमान सरकार स्थानीय कला संस्कृतिको संरक्षण तथा संरक्षणमा लागि पर्ने बताउनु भयो । उहाँले जिल्लाकै ऐतिहासिक मुक्तेश्वर धाम बाबा मन्दिर संरक्षण र दिगो विकासमा आफूले अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभयो । मुर्तियमाआन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सुरु भएको ऐतिहासिक मुक्तेश्वर महोत्सव तीन दिनसम्म चल्ने छ । 

महोत्सवमा स्थानीय कला संस्कृति झल्काउने विभिन्न कार्यक्रमको आयोजना गरिने आयोजक समिति सदस्य बरहथवा नगरपालिका –९ का वडाध्यक्ष तुलसी लुइँटेलले जानकारी दिनुभयो ।

कार्यक्रम बरहथवा नगरपालिका नगरप्रमुख कल्पना कटुवाल ,उपप्रमुख रामबाबु साहले ऐतिहासिक मुक्तेश्वर बाबा धामको प्रचारप्रसार टेवा पु¥याउन नगरले सबैसँग सहयोग गर्न आग्रह गर्नुभयो । यसैगरी महोत्सव उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बरहथवा नगरपालिकाका पूर्व नगर उपप्रमुख सीता माझी ,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि विनोद खनाल,बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापा लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत