शनिबार, चैत्र १८, २०७९

रविले आईतबारबाट नेपाली नागरिकता प्राप्तीका लागि प्रक्रिया थाल्ने


कान्तिपथ


सर्वोच्च अदातलले उपप्रधान एवं गृहमन्त्री समेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद बन्न अयोग्य रहेको ठहर गरेको छ ।

साथै सर्वोच्चले उनको नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेको छ। यससँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको हो।

पुस ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएका उनी एक महिना दुई दिन मन्त्री भए। अमेरिकी नागरिकता र पासपोर्ट त्यागेका लामिछानेले नेपाली नागरिकता प्राप्तीका लागि आईतबारबाट प्रक्रिया सुरु गर्ने भएका छन् ।

उनले अमेरिकी गरिकताको प्रमाणपत्र त्यागेका छन् । त्यसको निस्सा पाइसकेका छन्। त्यही निस्साका आधारमा जिल्ला प्रशासन कार्यालयले नागरिकताको प्रतिलिपि लामिछानेलाई दिनेछ।

रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेको जानकारी ६ असार ०७५ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई दिइसकेका छन् । नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ अनुसार यसरी जानकारी दिइसकेपछि पुनः नागरिकता लिन विगतमा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ ।

विदेशको नागरिकता त्यागेकै यकिन भएपछि पुरानै नागरिकताको विवरणअनुसार प्रमुख जिल्ला अधिकारीले नागरिकता जारी गर्नेछन् । उनले ०५० मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता बनाएका थिए ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि शनिबारदेखि गर्ने भनिएको प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रम स्थगित गरेका छ ।

सर्वोच्च अदालतले अध्यक्ष रवि लामिछानेको सांसद तथा मन्त्रीसँगै सभापति पद खारेज गरेपछि महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गरेर सबै कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत