शनिबार, चैत्र १८, २०७९

प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालयको जिम्मेवारी


कान्तिपथ


राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालयको कार्यभार तोक्नुभएको जानकारी दिएको हो ।

‘‘गृहमन्त्री रवि लामिछानेले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाईले सम्हाल्ने गरी तोक्नु भएको छ ।’’ विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि गृहमन्त्री लामिछाने शुक्रबारै पदबाट राजीनामा दिनुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत