शनिबार, चैत्र १८, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • नागरिकता आजै प्राप्त गरे गृह मन्त्रालयमा रवि लामिछानेलाई पठाउने पार्टीको तयारी

नागरिकता आजै प्राप्त गरे गृह मन्त्रालयमा रवि लामिछानेलाई पठाउने पार्टीको तयारी


कान्तिपथ


काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले गृह मन्त्रालयको नेतृत्व आफ्नै दलले लिनुपर्ने अडान लिएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछाने सांसद हुन अयोग्य ठहर गरेको थियो । अदालतको आदेशबमोजिम लामिछाने सांसद र मन्त्रीबाट पदमुक्त भएका थिए । अदालतले लामिछानेको दुवै पद खारेज गरिदिएपछि सो दलमा सन्नाटा छाएको थियो ।

लामिछानेले एकैपटक तीन महत्वपूर्ण गुमाएका थिए । उनी सबैबाट पदमुक्त भएपछि पार्टीले कार्यावाहक सभापतिमा भने डिपी अर्याललाई नियु्क्त गरेको छ । रविलाई अदालतले नागरिकता पूनः प्राप्ति गर्न भनेको छ । अहिले यो समाचार तयार पार्दै गर्दा लामिछाने जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा नागरिकता पूनः प्राप्तिको लागि पुगेका छन् । उनले आजै नागरिकता पाउने सरकारी अधिकारीहरुको दाबी छ ।

उनले आजै नागरिकता प्राप्त गरे आफ्नो दलले पाएको गृहमन्त्रालयमा पूनः लामिछानेलाई नै पठाउने सो दलका नेताहरुको तयारी छ । संविधानतः सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्दा कुनै आपत्ति हुने छैन् । सो दलले चितवन–२ मा हुने उपनिर्वाचनमा पूनः रविलाई नै उठाउने तयारी गरिसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्री बनाउन राजी भएका छन् । सम्भवतः आजै लामिछाने गृहमन्त्रीमा नियुक्त हुनसक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री दाहालसँग लामिछानेले आज नागरिकता प्राप्त गरेपछि भेट्ने कार्यतालिका रहेको छ । नागरिकता प्राप्त गरेपछि भने लामिछाने पार्टीको सभापतिमा नियुक्त हुनेछन् । उनी गृहमन्त्रीमा नियुक्त भए जतिसक्दो चाँडो चितवन–२ मा उपनिर्वाचन हुनेछ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत