सोमवार, जेष्ठ १५, २०८०

एमाले अखिलको नेतृत्व छनोटका लागि भोलि बिहानबाट मतदान


कान्तिपथ


अनेरास्ववियुको नयाँ नेतृत्वको छनोटका लागि बुधबार दिउँसो १२ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । निर्वाचन प्रक्रिया सुरु भएसँगै बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने बताइएको छ ।

मंगलबार उद्घाटन भएको २३ औं महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । एमालेको जनसंगठन समन्वय संयन्त्रकी सह-संयोजक रचना खड्काले बुधबार १२ बजे मतदाता नामावली प्रकाशित हुने बताइन् । १५ सय ८८ जना प्रतिनिधि सहभागी रहेको महाधिवेशनले अध्यक्ष, महासचिव र कोषाध्यक्ष एक-एक जना‚ उपाध्यक्ष ४ र सचिव १० गरी १७ पदाधिकारी चयन गर्ने छ ।

१० सचिवमा ३ महिला, एक समावेशी र ६ खुला निर्वाचित हुनेछन् । अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला, मोति विक, झविन्द्र खत्री र महासचिव समिक बडालको दाबी रहेको छ ।

उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ । महासचिवमा उमेश आचार्य, सुदर्शन सिवाकोटी, भाष्कर खनाल, नारायण घर्ती, नरेश रोकायाको मुख्य दाबी रहेको छ । सचिवमा भने ५० जनाभन्दा बढीको दाबी रहेको छ । महाधिवेशनले ४९ सदस्यीय स्थायी कमिटी चयन गर्नेछ ।

मंगलबार साँझबाट प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र पनि सुरु भएको छ । बन्दसत्रले आयोजक कमिटी भंग गर्दै एमाले स्थायी समितिका सदस्य भानुभक्त ढकाल अध्यक्ष रहेको ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । जसमा खिमलाल भट्टराई, विनोद ढकाल, माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, रचना खड्का, ऐन महर, सुनिता बराल रहेका छन् ।

निवर्तमान अध्यक्ष बरालका अनुसार जारी महाधिवेशनका मुख्य उद्देश्य भनेको नेतृत्व छनौट गर्ने हो । उनका अनुसार जारी महाधिवेशनले १९९ सदस्सीय केन्द्रीय समिति तथा तीनवटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ । प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत