शुक्रबार, भदौ २८, २०८१

एमालेले गरेका काम जनतासम्म पुर्‍याउन ‘मिसन ग्रासरुट’ : सचिव रायमाझी


कान्तिपथ


अर्घाखाँची । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पुर्‍याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव रायमाझीले  ‘समृद्ध नेपाल, सुखी नेपाली’  बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताउनुभयो । उहाँले आउँदो  निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ देशभरि  ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । 

एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा.राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पार्टीको ह्वीप नलाग्ने भएकाले राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दाबी गर्नुभयो । 

पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पीताम्बर भुसाललगायतको उपस्थिति थियो । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत