शनिबार, माघ ५, २०८१

ओखलढुङ्गामा बोलेरो दुर्घटना : दुईको मृत्यु, आठ घाइते


कान्तिपथ


ओखलढुङ्गा । ओखलढुङ्गा सदरमुकाम जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान भएको छ ।

चिशंखुगढी गाउँपालिकादेखी ओखलढुङ्गा सदरमुकाम जाँदै गरेको बोलेरो वडा नं.३ दियालेको राहुटार नजिकै दुर्घटना अन्य आठ जना गम्भीर घाइते भएका छन् ।

स्थानीयद्वारा घाइतेहरूको उद्धार भइरहेकाे र गम्भीर घाइतेहरूलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ पठाइएको चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुभयो ।

दुर्घटनामा मृत्यु भएका र घाइतेहरूको पहिचान हुन बाँकी रहेको प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत