शनिबार, चैत्र ९, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • सुदूरपश्चिम प्रदेशसभा बैठकमा मुख्यमन्त्रीद्वारा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत

सुदूरपश्चिम प्रदेशसभा बैठकमा मुख्यमन्त्रीद्वारा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत


कान्तिपथ


धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक शुरु भएको छ । 

प्रदेशसभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्नुभयो । 

बैठकमा भाग लिँदै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले संविधान र लोकतन्त्रको रक्षाका लागि मुख्यमन्त्री कमलबहादुर शाहलाई माओवादी विश्वासको मत दिने बताउनुभयो । 

यसैगरी बैठकमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीले प्रस्ताव गर्नुभएको पक्षमा मतदान गर्ने बताउनुभयो । 

नेकपा एमालेका चक्र मल्लले यथास्थितिमा एमालेले प्रदेश सरकारलाई विश्वासको मत दिन नसक्ने बताउनुभयो । त्यस्तै, नेकपा एस संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीलाई विश्वास मत दिने बताउनुभयो ।

प्रदेशसभामा बैठक अहिले जारी छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत