आइतवार, अशोज २७, २०८१

जाजरकोटमा आत्महत्याका घटना बढ्दै


कान्तिपथ


जाजरकोट । जाजरकोटमा आत्महत्याका घटना बढ्न थालेपछि नेपाल प्रहरीले त्यसको न्यूनीकरण गर्न सक्रियता बढाएको छ । 

जिल्ला प्रहरी कार्यालयले जिल्लाका सात वटा स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरेर आत्महत्याका घटना रोक्न सचेतनामा जोड दिइरहेको हो । 

जाजरकोटमा बर्षेनी आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पछिल्लो ६ बर्ष अन्तर्गत आर्थिक वर्ष २०७४÷७५ मा ५ जनाले आत्महत्या गरेका थिए । जसमा १ जना पुरुष र ४ जना महिलाले आत्महत्या गरेका थिए । आर्थिक २०७५÷७६ मा ७ जनाले आत्महत्या गरेका छन् । जसमा २ महिला ४ पुरुष र १ जना बालक रहेका छन् । 

त्यसैगरी आव २०७६÷७७ मा ५ जनाले आत्महत्या गरेका छन् । जसमा १ पुरुष ३ महिला र १ बालक रहेका छन् । आर्थिक वर्ष २०७७÷७८ मा २८ जनाले आत्महत्या गरेका छन् । जसमा १२ जना पुरुष ७ महिला २ बालक ७ बालिका रहेका छन् । 

गत आव २०७८÷७९ मा १७ जनाले आत्महत्या गरेका छन् । जसमा ९ पुरुष ५ महिला १ बालक र २ बालिका रहेका छन् । 

त्यसैगरी, आ.व २०७९÷८० को हाल सम्म ९ जनाले आत्महत्या गरेका छन् । जसमा ५ महिला ३ पुरुष र १ बालक गरि पछिल्लो ६ वर्षको अन्तरालमा ७२ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक नवीन चुँडालीले जानकारी दिनुभयो । 

सात महिनाको अन्तरालमा ९ जनाले आत्महत्या गर्नु गम्भीर विषय भएको बताउँदै उहाँले भन्नुभयो, “आत्महत्याको घटना रोक्न समाजमा सचेतनामुलक कार्यक्रम जरुरी रहेकोले हामीले जिल्लाका सात वटै स्थानीय तहमा सचेतनामुलक कार्यक्रमहरू अभियानका रुपमा सञ्चालन गरिरहेका छौँ।” कम उमेरमै विवाह गर्ने, अशिक्षा र गरिबी आत्महत्याको प्रमुख कारण बनेको उहाँले बताउनुभयो ।

समाजमा जनचेतनाको खाँचो रहेको उल्लेख गर्नुहुँदै उहाँले स्थानीय तहसँग समन्वय गरेर जिल्लाका सात वटै स्थानीय तहमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिरहेको बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत