बुधबार, फाल्गुन ९, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • एमसीसीले बनाउने प्रसारणलाइनका लागि ३ जिल्लामा जग्गा प्राप्ति प्रक्रिया सुरु

एमसीसीले बनाउने प्रसारणलाइनका लागि ३ जिल्लामा जग्गा प्राप्ति प्रक्रिया सुरु


कान्तिपथ


एमसीसी कम्प्याक्ट अन्तर्गत निर्माण हुने विद्युत प्रसारणलाइनको जग्गा अधिग्रहणका प्रारम्भिक प्रक्रिया अघि बढेको छ।

मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले एक सूचना निकालेर पाल्पा, धादिङ र तनहुँमा जग्गा अधिग्रहण प्रारम्भिक प्रक्रिया अघि बढाएको हो।

तीनवटै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकले जग्गा प्राप्तीको कार्य अघि बढाउने निर्णय गरेको छ।

यो प्रसारणलाइन लप्सिफेदीबाट रातमाटे हुँदै बुटवलबाट भारतीय सीमासम्म जोडिनेछ। प्रसारणलाइन ५ खण्डमा विभाजन गरिएको छ। लप्सीफेदी-रातमाटे पहिलो खण्ड ५९ किलोमिटर छ, जसमा १६३ वटा टावर निर्माण हुनेछ। दोस्रो रातमाटे-नयाँ हेटौंडा ५८ किमि छ। जसमा १४२ वटा टावर निर्माण हुनेछ। रातमाटे-नयाँ दमौली ९० किमि खण्डमा २४९ वटा टावर रहनेछन्। चौथो नयाँ दमौली-बुटवल ९० किमिमा २४८ वटा टावर प्रस्ताव गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत