शनिबार, फाल्गुन १२, २०८०

रातामकैको महिला कलाकारमाथि मजाक : दिपाश्री भर्जिन छिन !


कान्तिपथ


हिजो होलिको दिन काठमाडौंको नयाँ बानेश्वरमा एउटा हास्यव्यंग्य कार्यक्रम राखिएको थियो- चलचित्र छक्कापञ्जा-४ का नाममा । सडकमै स्टेज बनाएर गरिएको निशूल्क कार्यक्रममा दर्शकको राम्रै भिड जम्मा भएको थियो ।

छक्का पञ्जा ४ को प्रमोसनका लागि रेडियो अडियोले आयोजना गरिदिएको कार्यक्रममा सोही चलचित्रका कलाकारको बाहुल्य थियो । दिपाश्री निरौला, केदार घिमिरे (माग्ने बुढा), किरण केसी (रातामकै), बेनिशा हमाल लगायतका कलाकारहरु दर्शकलाई मनोरञ्जन दिन आएका थिए ।

कलाकार किरण केसीले दिपाश्री निरौलालाई निशाना बनाए । ‘पाएसम्म दिपाश्रीलाई बिहे गर्छु । नेपालमा बहिनी भन्दै लभ गर्ने चलन छ नि ।’, ‘अहिलेसम्म च्वाँक पनि छिन्, भर्जिन पनि छिन्… भर्जिन त कोनी । घिउँ कहाँ पोखियो, दालमा पोखियो…’ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै किरणले दिपा आफ्नो एउटै आमाको भुँडीबाट जन्मेको बहिनीसरह भएको बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत