शनिबार, कार्तिक २४, २०८१

प्रचण्डविरुद्ध दर्ता भएको रिट निवेदनमा के छ ? [पूर्णपाठ]


कान्तिपथ


नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल पक्राउको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रचण्डले यसअघि दिएको अभिव्यक्तिलाई नै आधार बनाएर सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरुले दाहालविरुद्ध रिट दायर गरेका हुन् ।

मंगलबार दर्ता भएको यो रिटलाई लिएर नेकपा माओवादीभित्र यसअघि नै खैलाबैला मच्चिएको थियो भने मंगलबार बिहान बसेको माओवादी धारका नेताहरुको बैठकले प्रतिवाद गर्ने निर्णय पनि गरेको छ ।

रिटकर्ताको निवेदन खारेज गर्ने सर्वोच्चका रजिष्ट्रारको आदेश सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासले गत शुक्रबार बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो । त्यसपछि माओवादीले सर्वोच्चविरुद्ध विज्ञप्ति नै जारी गरेर ‘विस्तृत शान्ति सम्झौताविरुद्ध जाने अधिकार कसैलाई पनि नभएको’ र ‘शान्ति प्रक्रियालाई नै खल्बल्याउने गरी षडयन्त्र भएको’ भन्दै भ्रत्र्सना गरेको थियो ।

न्यायाधीशद्वयको आदेशमा शान्ति प्रक्रियालाई अल्झाएर राख्न नहुने भन्दै प्रक्रिया अघि नबढेको अवस्थामा हत्या भएकाहरुका स्वजनले न्याय नपाउने अवस्था बन्नु नहुने उल्लेख छ । न्यायाधीशद्वयको आदेशमा संक्रमणकालीन न्याय संयन्त्रबाट सुनुवाई भएन भन्दैमा पीडितले न्याय नै नपाउने अवस्था बन्नु नहुने पनि स्पष्ट पारिएको छ ।

रिट भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०७६ माघ १ गते माघी पर्वको अवसरमा टुँडीखेलमा आयोजित समारोहमा सम्बोधन गर्दै दिएको अभिव्यक्तिमा टेकेर उनीमाथि कारवाहीको माग गरिएको छ ।

१० वर्षे सशस्त्र युद्धको नेतृत्व गरेका अध्यक्ष दाहालले आफूमाथि १७ हजार हत्याको आरोप लागेको भन्दै आफूले पाँच हजारको मात्र जिम्मा लिने बताएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत