सरकारले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ। प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता मुद्दा सुनुवाइ गर्न आज पेसी
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको हो।
बिहान ८ बजे बसेको मन्त्रिपरिषद् बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेस गर्ने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा दर्ता मुद्दा सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ।
प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा जनयुद्धमा मारिएका १७ हजार जनामध्ये ५ हजारको जिम्मा आफूले लिने भनेर दिएको अभिव्यक्तिका आधारमा पीडित परिवारले उनीविरुद्ध कारबाही माग गर्दै सर्वाेच्चमा रिट निवेदन दर्ता गराएका हुन्।
उक्त रिट सुनुवाइ गर्न आजका लागि पेसी तोकिए पनि आजै सुनुवाइ हुने/नहुने निश्चित भइसकेको छैन। रिट निवेदनका पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछाप निवासी ज्ञानेन्द्रराज आरणसहित २८ जना छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ