बुधबार, फाल्गुन ९, २०८०

बालुवाटारमा माओवादी घटकहरूको बैठक जारी


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा द्वन्द्वकालीन मुद्दा दर्ता भएपछि झस्किएका माओवादी धारका पार्टीहरूको बैठक बालुवाटारमा बसिरहेको छ।

बैठक प्रधानमन्त्रीको सरकारी निवासमा केही बेरअघि सुरु भएको हो। बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओली, जनार्दन शर्मा लगायत नेता सहभागी छन्।

यसअघि बालुवाटारमै भेला भएका माओवादी धारका पार्टीहरू दोस्रोपटक छलफलमा बसेका हुन्। सर्वाेच्च अदालतमा यही फागुन २३ मा दर्ता द्वन्द्वकालीन दुईवटा मुद्दाले माओवादी धारका पार्टीलाई एकै ठाउँमा उभ्याइदिएको हो।

नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी समाजवादी र माओवादी कम्युनिस्ट पार्टीले कार्यगत एकता गर्ने निर्णय गरिसकेका छन्।

विभिन्न समयमा टुटेका माओवादी घटकहरुबीच एकता प्रयास थालिएको हो। यसमा जोडिने पार्टीको संख्या अझै बढ्ने नेताहरु बताउँछन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत