विराटनगरमा कर्मकाण्डी रुपमा अध्यक्षमा पर्शुराम बस्नेतलाई घोषणा गर्दै सम्पन्न नेपाल खेलकुद महासंघमा विवाद चुलिएको छ। बन्द सत्रको दौरानमा अर्घाखाँचीका प्रतिनिधि प्रकाश महतको दुर्घटनामा परी निधन भएपछि एमालेको जनसंगठन प्रमुख तथा नेपाल खेलकुद महासंघको महाधिवेशनका अध्यक्ष मण्डलका संयोजक भानुभक्त ढकालले बन्दसत्रको हलमा जबर्जस्ति बस्नेतलाई अध्यक्ष घोषणा गर्दै हाललाई जुठो परेको भन्दै अरु पद नटुङ्गाएर महाधिवेशन सक्काएका थिए ।
महाधिवेशनले अध्यक्ष बस्नेतसहित १७१ सदस्य केन्द्रीय कमिटी घोषणा गरेको छ । टुंगिन बाँकी रहेका पदहरु फागुन अन्तिम साता बस्ने केन्द्रिय कमिटीको बैठकबाट टुङ्गो लाग्ने बताइएको थियो । अध्यक्षमा दाबेदारी दिएका चेतनराज गिरीले पार्टीका महासचिव शंकर पोखरेललाई पदाधिकारीको विषय टुङ्गिन नसक्नु र भानुभक्त ढकालको भूमिकालाई समेत प्रश्न उठाएर ध्यानाकर्षण पत्र बुझाएका छन् ।
गिरीद्वारा प्रस्तुत ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘बन्दसत्रको पहिलो दिन ७ गते राति करिव १० बजे आफु बसेको होटल फर्कने क्रममा अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि कमरेड प्रकाश महतको बन्दसत्रको हल बाहिर सडक दुर्घटनामा परि दुःखद निधन हुन पुग्यो । महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि जिम्मेवारीमा रहेका पार्टी स्थायी कमिटि सदस्य कमरेड भानुभक्त ढकालको नेतृत्वको अध्यक्ष मण्डलले निर्वाचन समितिलाई समेत बेवास्ता गर्दै शोकलाई अवसरमा बदल्ने कुचेष्टा गरेकोमा म लगायत खेलकुद क्षेत्रमा लामो अनुभव भएका, खेलकुद महासंघमा योगदान गर्दै विभिन्न पदीय जिम्मेवारीका लागि मनोनयन दर्ता गरेका सहकर्मी कमरेडहरुको गम्भीर असहमति रहँदै आएको छ ।’
अध्यक्षमा आफ्नो समेत दाबी रहेको बताउदै उनले भनेका छन्, ‘म चेतनराज गिरी स्वयंले अध्यक्ष पदका लागि दर्ता गरेको मनोनयन पत्रलाई वेवास्ता गर्दै एक अमुक व्यक्तिलाई अध्यक्ष बनाउनका लागि पार्टी संगठनको विधि र पद्धतीलाई तिलान्जली दिईनुको पछाडी अध्यक्ष मण्डलका अध्यक्षको के स्वार्थ लुकेको छ, त्यो शंकाको घेरामा रहेको छ । तसर्थ त्यस उपर छानवीन गरियोस भनी कमरेडसँग विनम्रतापूर्वक माग गर्दछु। र मेरो उम्मेदवारी कायमै रहेको समेत यहाँमार्फत सिंगो पार्टी र नेपाल खेलकुद महासंघप्रति आस्थावान खेलक्षेत्रका सबैमा जानकारी गराउँदछु । यसअघि पनि स्थायी कमिटीका बहुमत सदस्यको हस्ताक्षर सहित हाम्रा विमतीहरु संगठनको आन्तरिक छलफलबाट निश्कर्षमा पुग्न सकियोस भनी पटकपटक महासचिव कमरेडलाई समेत जानकारी गराईएको कुरा समेत स्मरण गराउँदछु । साथै हाम्रो फरक मतलाई केन्द्रिय कमिटीको बैठकमा टेबुल गर्ने सहमतीलाई समेत नजरअन्दाज गरिएको कुरा जानकारी गराउँदछु ।’
गिरिको ध्यानाकर्षण पत्रमा अध्यक्ष सहित, उपाध्यक्ष, महासचिव, उप महासचिव र सचिवमा धेरै जनाको उम्मेदवारी परेकाले आफ्नो उम्मेदवारी परेकाले अन्य कसैको नाममा सर्वसम्मत अध्यक्ष घोषणा गर्नु गलत भएको गिरिको जनाएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ