काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर रिटमा आज प्रारम्भिक सुनुवाइ सुरु भएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा आज प्रधानमन्त्री दाहाल विरुद्धको रिटमा प्रारम्भिक सुनुवाई सुरु भएको हो ।
सर्वोच्च अदालतले बिहीबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा पेशी तोकेको भएपनि समय अभावका कारण इजलास नबसेपछि प्रधानमन्त्री दाहाल विरुद्धको रिटमा आजलाई पुनः पेशी तोकी प्रारम्भिक सुनुवाई सुरु गरेको हो ।
काठमाडौँको टुँडिखेलमा २०७६ साल माघ १ आयोजितमा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै मङ्गलवार रिट दायर भएको थियो ।
सुरुमा सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेस भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दर्ता नहुने (दरपिठ) निर्णय गरेको थियो ।
त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार फागुन २३ गते कानुन व्यवसायीहरूले दाहालविरुद्ध रिट दर्ता गराउनुभएको थियो ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा नियमित अदालतमा हेर्न नहुने भन्दै प्रधानमन्त्री दाहाल नेतृत्वको पार्टीले रिट दर्ताको विरोध गरेका छन् ।
नेकपा माओवादी केन्द्रले एक विज्ञप्ति जारी गर्दै विस्तृत शान्ति सम्झौता अनुसार द्वन्द्वकालीन घटना नियमित अदालतमा नभई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट निरुपण गर्नुपर्ने जनाउँदै आएको छ ।
सत्ता साझेदार दल, माओवादी धारका ८ पार्टी र कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एसोसिएसनले पनि प्रधानमन्त्री दाहालविरुद्ध दायर भएको रिटको विरोध जनाएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ