शुक्रबार, भदौ २८, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • उपराष्ट्रपतिको मनोनयन दर्ता आज : उम्मेदवार टुंगाउन गठबन्धन र एमाले बैठकमा

उपराष्ट्रपतिको मनोनयन दर्ता आज : उम्मेदवार टुंगाउन गठबन्धन र एमाले बैठकमा


कान्तिपथ


उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्तापछि आजै प्रकाशित गरिने कार्यसूची छ ।

उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै छ । उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशित आइतबार हुनेछ।

उपराष्ट्रपतिको निर्वाचन आगामी चेत ३ गतेका लागि तोकिएको छ । आजै मनोनयन दर्ता गर्नुपर्ने भएपछि सत्ता साझेदार दल र एमालेले उम्मेदवार तय गर्न बैठक बोलाएका छन् ।

उपराष्ट्रपतिको उम्मेदवार राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुनुपर्ने व्यवस्था छ । उम्मेदवारी दर्ताका लागि पाँच/पाँच जना प्रस्तावक र समर्थक जुटाउनु पर्नेछ ।

सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ८ बजे बैठक बस्ने तय भएको छ ।

बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झालगायत आकांक्षी छन् ।

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बोलाइएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारबारे निर्णय गर्न बैठक बस्न लागेको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

उपराष्ट्रपतिको मनोनयन दर्ता आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । एमाले र सत्ता गठबन्धनले अहिलेसम्म उम्मेदवार टुंगो लगाएका छैनन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत