मङ्लबार, माघ २९, २०८१

विद्यार्थीको चुनावमा ओली र विप्लव मिले


कान्तिपथ


नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा विप्लव निकट अखिल (क्रान्तिकारी)बीच आगामी स्ववियु निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ।

शुक्रबार दुई संगठनका अध्यक्षहरुबीच भएको छलफलमा यस्तो सहमति भएको हो। उनीहरुबीच स्ववियु निर्वाचनमा देशव्यापी तालमेल र सहकार्य गर्ने र अन्य वाम देशभक्त विद्यार्थी संगठनहरुलाई पनि तालमेल र सहकार्यका लागि अपिल गर्ने सहमति भएको बताइएको छ।

छलफलपछि अनेरास्ववियुका अध्यक्ष समिक बडाल र क्रान्तिकारीका अध्यक्ष प्रकाश सीले विज्ञप्तिमार्फत् तालमेल र अन्य विद्यार्थी संगठनलाई पनि सहकार्यका लागि अपिल गरेका छन्। स्ववियु निर्वाचन आगामी चैत ५ गते त्रिविअन्तर्गतका क्याम्पसहरुमा हुँदैछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत