त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसमा यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन विद्यार्थी सङ्गठनहरुले तामलेल गरेका छन्।
स्ववियु निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले संयुक्त मोर्चा कसेका हुन्।
संयुक्त प्यानलको तर्फबाट अनेरास्ववियू (क्रान्तिकारी) का नेपाल ल क्याम्पस कमिटी अध्यक्ष विष्णु ढुंगेलले स्ववियु अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । यसैगरि नेविसंघलाई सचिव दिने सहमति भएको छ । तालमेलका थप विषय टुङ्गिन बाँकी रहेको अध्यक्षका उम्मेदवार ढुंगेलले बताए ।
यी ३ संगठनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अन्य क्याम्पसमा पनि तालमेल गर्ने निर्णय गरेका छन्। नेविसंघले १५ क्याम्पस, अनेरास्ववियु (क्रान्तिकारी)ले १० क्याम्पस र अनेरास्ववियूले ३ क्याम्पसमा स्ववियु सभापति हुनेगरी तालमेल भएको छ ।
नेविसंघले सभापतिमा त्रिचन्द्र,पद्दमकन्या,शंकरदेव,मीनभवन,पशुपति,पाटन,आई ओ एम महाराजगञ्ज, शिक्षण नर्सिङ, आयुर्वेद, जनप्रशासन, सरस्वती, ग्रामीण, कोटेश्वर, भक्तपुर बहुमुखी, केआईसी कालिमाटी र शिक्षा क्याम्पस थली पाउने छ।
अनेरास्ववियु (क्रान्तिकारी)ले थापाथली, सानोठीमी, पुल्चोक, नेपाल (ल), पब्लिकयुथ, विश्वभाषा, एनआर, नेशनल ईन्जिनियरिङ, हिमालयन ईन्जिनियरिङ पाउने छ।
अनेरास्ववियूले आरआर, ताहाचल र बानेश्वर स्ववियु सभापति पाउने गरी सहमति गरिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ