काठमाण्डौ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह भोलि हुने भएको छ ।
नेपालको तेस्रो राष्ट्रपतिमा फागुन २५ गते निर्वाचित हुनुभएका राष्ट्रपति पौडेललाई भोलि दिउसो १ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा कायममुकायम प्रधानन्यायाधिश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ गराउनुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेबी भण्डारीको कार्यकाल भने आज राती १२ बजेदेखि सकिदै छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ