शनिबार, अशोज ५, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने  

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने  


कान्तिपथ


काठमाडौँ । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ । 

संविधान अनुसार फरक लिङ्ग वा समुदायको हुने प्रचलन देखिएकाले उपराष्ट्रपतिमा फरक समुदायका उम्मेदवार यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने आयोगले निष्कर्ष निकालेको हो ।

नेकपा एमालेको तर्फबाट उपराष्ट्रपति उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीको उम्मेदवार ममता झाले राष्ट्रपतिभन्दा फरक लिङ्गको उम्मेदवार उपराष्ट्रपति हुनुपर्ने भन्दै यादवको उम्मेदवारी खारेजीको माग गर्नुभएको थियो ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी कायम रहने जानकारी दिनुभयो ।

उहाँले लिङ्ग र समुदाय फरक हुनुपर्ने गरी संविधान र कानूनी व्यवस्था भएको देखिँदा खस आर्य समुदायभन्दा फरक समुदायका पुरुष उम्मेदवार रामसहायप्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य भन्न नसकिने बताउनुभयो ।

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले सो दाबी विरोधको खण्डन गर्दै आज निर्वाचन अधिकृतको कार्यालयमा जवाफ पेस गर्नुभएको थियो ।

उपराष्ट्रपति पदमा चार जनाको मनोनयन दर्ता भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत