नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला मनोनित भएका छन्।
एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार गिरीलाई प्रमुख सचेतक र बर्तौलालाई सचेतक मनोनित गरेका हुन्।
गिरी प्रधानमन्त्री प्रचण्डको क्याबिनेटमा केही समय स्वास्थ्य मन्त्री समेत बनेका थिए। राष्ट्रपति निर्वाचनको सत्ता-समीकरणमा आएको फरबदलसँग एमाले सरकारबाट बाहिरिएपछि गिरीले मन्त्री पदबाट राजीनामा दिएका थिए।
गिरी पर्वतबाट दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् भने बर्तौला मकवानपुर- २ बाट पहिलो पटक प्रतिनधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ