शनिबार, फाल्गुन १२, २०८०

सन्दीपले बाउलाई आउट गराए, नेपाललाई तेस्रो सफलता


कान्तिपथ


घरेलु टिम नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीको तेस्रो विकेट लिएको छ ।

टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले तेस्रो विकेटको रूपमा सेसे बाउलाई गुमाएको हो । नेपालका सन्दीप लामिछानेले सेसे बाउलाई १८ रनमा आउट गराए । यसअघि सोमपाल कामी र ललितनारायण राजवंशीले विकेट लिएका थिए ।

सोमपालले हिरी हिरीलाई १४ रनमा आउट गराए । त्यस्तै, ललितले किप्लिन डोरिगालाई दुई रनमा आउट गराए ।

पपुवा न्युगिनीले १४ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा ४९ रन बनाएर खेलिरहेकाे छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत