आइतवार, माघ ६, २०८१

मदन भण्डारी राजमार्गमा बाटो खन्दा सहिदको कंकाल भेटियो !


कान्तिपथ


कोशी प्रदेशको इलाम जिल्ला अन्तर्गत रोङ गाउँपालिकामा जनयुद्धका सहिद तुलसी प्रधान (जीवन) को मानव कंकाल भेटिएको छ । गाउँपालिकाको वडा नं. ०२ झटारेमा मदन भण्डारी राजमार्ग अन्तर्गत सानो नेते खोलामा पक्कि पुल बनाउने क्रममा उक्त कंकाल भेटिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

तत्कालिन शान्तिपुर गाविस ७ का २८ वर्षीय तुलसी प्रधानलाई ०६१ साउन ६ गते विहान ४ बजे आफ्नै घरमा सुतेको अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएकोमा दिउँसो ३ बजे झापा जिल्ला खुदुनावारी गाविस – १ साधुटारमा सुरक्षा कारवाहीका क्रममा हत्या भएको थियो । सहादतको समयमा प्रधान किराँत स्वायत्त जिल्ला जनसरकारमा सैन्य विभाग प्रमुख थिए ।

कोशी प्रदेश सरकारले उक्त कंकाललाई सहिद तुलसी प्रधान (जीवन) को सालिक सहितको पार्क बनाउने स्थानमा समाधी गर्ने आश्वासन दिएको सहिद परिवारले जनाएको छ । साथै सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन कोशी प्रदेश समितिले सहिदको चिहान खनिएको र बेवारिसे अवस्थामा छाडिएको भन्दै आपत्ति प्रकट गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत