काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको अभियानमा शिक्षक समुदायको भूमिका अतुलनीय रहेको बताउनुभएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रिय समितिको आज काठामाडौंमा आयोजित छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले नेपालको परिवर्तनको आधारशिला तयार गर्दै राजनीतिक जागरण पैदा गर्न शिक्षकले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय केही मानिसहरू परिवर्तनलाई उल्ट्याउने र नेतृत्वलाई असफल बनाउन प्रयत्न गरिरहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न सही दिशा र त्यसका आधारमा जनमत निर्माण गर्नै पहिलो काम भएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले विगतको जनवादी क्रान्तिमा शिक्षक, बुद्धिजीवीहरूको भूमिका महत्वपूर्ण भएकोले अब समाजवादको विचार निर्माणमा पनि शिक्षक, बुद्धिजीवीहरूको भूमिका महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ