शुक्रबार, भदौ २८, २०८१
  • गृहपृष्‍ठ
  • प्रशासन
  • सचिव र सहसचिवलाई सात दिनभित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न अल्टिमेटम

सचिव र सहसचिवलाई सात दिनभित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न अल्टिमेटम


कान्तिपथ


संघीय निजामती सेवा ऐन जारी हुन लागेको बेला राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिवलालाई सात दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ।

निजामती सेवा नियमावली (२०५०) को नियम १० मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरिएको किताबखानाले जनाएको हो। सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने तयारी गरिरहेको छ।

सचिव र सहसचिव पदमा पुगेका कर्मचारी पनि सुरुमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेको भए उनीहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको तर त्यसपछि अधावधिक भए नभएको बुझ्न विवरणबारे जानकारी लिन खोजिएको स्रोतले बतायो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत