सोमवार, मंसिर २४, २०८१

राष्ट्रपतिको तन्नेरी बन्ने रहर : कोठी र चाउरी कसरी हट्यो ?


कान्तिपथ


नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई तन्नेरी बन्ने जाँगर चलेको देखिएको छ । कामु प्रधानन्यायाधिशसंग सपथ ग्रहण गरेसँगै राष्ट्रपति कार्यालयको वेबसाइटमा राखिएको उनको फोटोमा भएको कोठी र चाउरी हटाएर तन्नेरी तस्बिर राखिएको छ। यो तस्वीरमा पौडेलको रुपरंगको छेउ टुप्पो नै मिल्दैन ।

अनुहारको कोठी र चाउरीसमेत हटाएर चिल्लो अनुहारको तस्वीर राखिएपछि धेरैले देशले युवा राष्ट्रपति पाएको भन्दै व्यंग्य कस्न थालेका छन्।

पौडेलका दुवै गालामा कालो कोठी छन्, जसमध्ये एउटा गालाको कोठी टाढैबाट देखिन्छ । यो तस्वीरमा दुवै कोठी गायब छन् । यसलाई इडिट गरिएको सहजै अनुमान गर्न सकिन्छ यद्धपी राष्ट्रपति कार्यालय भने यो विषयमा बोलेको छैन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत