बिहिबार, बैशाख ६, २०८१

डोटीमा जिप र मोटरसाइकल आपसमा ठोकिँदा ६ जना घाइते


कान्तिपथ


डोटी- डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोकिँदा ६ जना घाइते भएका छन् ।

दिपायल बाट सिलगढी आउदै गरेको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स जिप र बिपरित दिशाबाट आइरहेको सु.प्र.प.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल जिल्ला अदालत मोड अघाडि एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक देबेन्द्र राज जोशीले बताएका छन् ।

दुर्घटनामा परी घाइते हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की बर्ष २९ की टंक कुमारी उपाध्याय, सोही वडाकी वर्ष ६५ की धौली देबी बीस्ट, बर्ष २४ की दुर्गा देबी बिष्ट,डेण बर्षको सिर्जन बिस्ट रहेका छन ।

त्यसैगरी, दिपायल सिलगढी नगरपािलका वडा नम्बर ६का मोटरसाइकल चालक वर्ष ३२ का बिष्णु बोहरा र बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरका वर्ष ४९ का जर्ण बम रहेको प्रहरीले जनाएको छ ।

अहिले घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा  दिएको छ ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत