बिहिबार, फाल्गुन १०, २०८०

एसपी ऋषिराम कँडेलविरुद्धको आरोप झुठो पुष्टि : कोशी प्रदेश खटिए


कान्तिपथ


प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीका तत्कालीन प्रहरी प्रमुख एसपी ऋषिराम कँडेललाई पुन: सेवामा फर्काएको छ । तस्करलाई सघाएको आरोपमा एसपी कँडेललाई प्रहरी प्रधान कार्यालयले पुस २० मा पश्चिम नवलपरासीबाट फिर्ता बोलाएको थियो । अहिले उक्त आरोप झुठो पुष्टि भएपछि कंडेल काममा फर्किएका हुन् ।

पश्चिम नवलपरासी स्थित नेपाल–भारत सीमाबाट हुने तस्करीलाई कँडेलले खुला गरेको आरोपसहित प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । छानबिनबाट कँडेलले त्यस्तो गतिविधि गरेको पुष्टि नभएको प्रहरी स्रोतले जनायो ।

सेवामा फिर्ता बोलाइएपछि उनलाई कोशी प्रदेश प्रहरी कार्यकालमा सरुवा गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत