शंकास्पद कारोबार गरेको आरोप लागेका अछामका पृथ्वी शाहसहित ६ जना जेल चलान भएका छन्। सोमबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।
शाहसहित अछामकै विजयविक्रम शाह, रंगबहादुर साउद, दोलखाका अनुप खड्का, जाजरकोटका चक्रबहादुर खत्री र नवलपरासी पश्चिमका रुक्माङ्गत काफ्लेसहित १९ जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाएको थियो। जसमध्ये ६ जनाबाहेक अन्य व्यक्ति भने अहिलेसम्म फरार छन्।
हालसम्म पक्राउ परेका पृथ्वी शाहसित ६ जनालाई नै पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको सीआईबीले जनाएको छ। यो समूहले अमेरिकाबाट समेत संकास्पद रुपमा करोडौं रकम भित्र्याएको आरोप लागेको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ