बुधबार, फाल्गुन ९, २०८०

नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान हुँदैन : अध्यक्ष ओली


कान्तिपथ


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने बताउनुभएको छ । 

मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालले आज काठमाडौँमा आयोजना गरेको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा नेकपा एमालेका अध्यक्ष ओलीले बुद्ध जन्मेका देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा आएर  मृत्युदण्डको पक्षमा लाग्न नहुनेमा जोड दिनुभयो । 

मानव अधिकार पक्ष विपक्षको विषय बन्न नहुने बताउनुहुँदै उहाँले समृद्ध नेपाल सुखी नेपाली भनेकै मानव अधिकारको उच्चतम विन्दु भएको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हाल नेपाली  राजनीतिमा संकट देखिन थालेको बताउनुभयो । 

मुलुकको औपचारिक अर्थतन्त्रलाई दुरुत्साहन गर्दै जाने हो भने निकट भविष्यमा आर्थिक संकट आउने महासचिव पोखरले बताउनुभयो ।

सम्मेलनमा मानव अधिकार एलायन्सका अध्यक्ष मीनबहादुर शाहीले पछिल्लो समय मानव अधिकार उल्लङ्घनका घटनाहरू बढ्दै गएको धारणा राख्नुभयो । 

त्यसै गरी राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले मानव अधिकार प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएकाले सबै नागरिकले  यो अधिकारको प्रयोग गर्न पाउनुपर्नेमा जोड दिनुभयो । 

दुई दिनसम्म चल्ने मानव अधिकार रक्षक तथा अभियान्ताहरुको सम्मेलनमा देशैभरबाट ५ सयभन्दा बढी प्रतिनिधि सहभागी भएको आयोजक संस्थाले जनाएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत