सल्यान । यतिवेला विद्यार्थी सङ्गठनहरू स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा केन्द्रित भएका छन् । जिल्लाको सल्यान बहुमुखी क्याम्पस खलङ्गा, जनकल्याण क्याम्पस थामारे, फारुला बहुमुखी क्याम्पस फारुला, बनगाड क्याम्पस बनगाड , शिवजन र शारदा क्याम्पस शंखमुलमा सर्वसम्मत स्ववियु सम्पन्न भएको हो ।
सल्यान बहुमुखी क्याम्पसमा राजेश वली, शिवजन क्याम्पसमा बुलन्द बाबु सेजवाल, शारदा क्याम्पस शंखमुलमा एलिना श्रेष्ठ, जनकल्याण क्याम्पस थारमारेमा एकराज वली, फारुला बहुमुखी क्याम्पसमा वरुण न्यौपाने, र बनगाड क्याम्पसमा अजय विष्ट निर्विरोध निर्वाचित भएका छन् ।
कपुरकोट बहुमुखी क्याम्पसमा अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको र एक जनाले निर्धारित समयमै आफ्नो उम्मेदवारी फिर्ता लिए पनि ३ जनाको उम्मेदवादी कायमै रहेको निर्वाचन संयोजक दिनेश के.सी ले बताउनुभयो । उहाँका अनुसार क्याम्पसले निर्वाचनको प्रक्रिया अगाडि बढेको छ ।
नेविसंघलाई शिवजन क्याम्पस सितलपाटी र शारदा क्याम्पस संखमुल, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) लाई बनगाड क्याम्पस वनगाड, फारुला बहुमुखी क्याम्पस फारुला, र जनकल्याण क्याम्पस थारमारे यस्तै एमाले निकट अनेरास्ववियुलाई सल्यान बहुमुखी क्याम्पस खलङ्गा र एकिकृत समाजवादी निकट अनेरास्ववियू लाई कपुरकोट बहुमुखी क्याम्पस कपुरकोट दिने सहमति गरेका थिए ।
सल्यान जिल्लामा क्रियाशील नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू एस, अखिल (क्रान्तिकारी) विप्लव निकट, रा.प्र.वि संघ नेपाल लगायताका सङ्गठनहरूले सहमतिमा जाने निर्णय गरेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ