बुधबार, फाल्गुन ९, २०८०

पाल्पामा ग्यास सिलिण्डर पड्किएर एक महिला घाइते


कान्तिपथ


पाल्पा- पाल्पामा खाना पकाउने एलपी ग्यास सिलिण्डर पड्किएर एकजना घाइते भएका छन् । आज बिहान बगनासकाली गाउँपालिका ८ बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा राखेको ग्यास सिलिन्डर पड्किएको हो ।

स्थानीय पत्रकार दयाराज न्यौपानेका अनुसार उक्त सिलिण्डर पड्केर पम्फा घिमिरे घाइते हुनु भएको छ। उहाँको अवस्था सामान्य रहेको र घरमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् । सिलिन्डर पड्किएर आगलागी हुनबाट भने स्थानीयको सहयोगमा जोगाइएको छ । सिलिन्डर पड्किनुको कारण पत्ता लागेको छैन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत