वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएकाे ब्याजदर आजदेखि लागू भएकाे छ। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, बिकास बैंकर्स्, नेपाल वित्तीय संस्था संघले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरे अनुसार बुधवारवाट लागु भएकाे हाे।
चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भए अनुसार ब्याजदर घटाइएको संघका अध्यक्ष सुनिल केसीले बताए। ‘सबै संस्थाको निर्णय अनुसार चैत १ गते देखि लागू हुने गरी ब्याजदर घटेकाे छ’ उनले भने।
जसअनुसार बैंकहरुले कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकामा अब एक प्रतिशत घटेर आधार दरमा पाँच प्रतिशतसम्म प्रिमियम दर कायम भएको छ।
यस्तै निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् भने यसअघि साधारण बचतमा न्यूनतम ६ ४२ देखि अधिकतम ८४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो भने मुद्दती निक्षेपको ब्याजदर भने स्थिर छ, हालसम्म बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन्।
संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्धती खातामा १२ प्रतिशत नयाँ ब्याजदर तोकिएको छ। यसैगरी विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ भने एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ