शनिबार, चैत्र १८, २०७९

चेक अनादर काण्डमा फसेपछि एभिन्युजका साहु कालोसूचीमा


कान्तिपथ


एभिन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकार कालोसूचीमा परेका छन् । बैंकिङ्ग कसुरको अपराधमा उनलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।

उनले जग्गा खरिद गरि धनीलाई चेक दिएका थिए । तर खातामा मौज्जात नभई चेक अनादर भएपछि बैकिङ कसुर ठहरपश्चात उनी कालोसूचीमा परेका हुन् । राजकर्णिकारले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (तत्कालीन मेगा )को चेक अनादर गरेपछि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।

आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिन नहुने पनि बैंकिङ कसूर तथा सजाय (पहिलो संशोधन) ऐन, २०७३ मा स्पष्ट पारिएको छ ।

राजकर्णिकारले सोही जग्गा धितो राखेर नबिल बैंकबाट कर्जा लिएका छन् । अन्य विभिन्न वित्तीय संस्थाबाट समेत कर्जा लिएको देखिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत