आइतवार, माघ ६, २०८१

प्रधानमन्त्रीसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट


कान्तिपथ


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रदेश प्रमुखहरूले सामूहिक भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटकाक्रममा प्रदेश प्रमुख कार्यालयमा भएका समस्या लगायत विविध विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याका समाधान गर्न प्रयत्न गर्ने आश्वासन दिनुभएको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा ६ वटा प्रदेशका प्रमुखहरूको सहभागिता थियो । वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रधानमन्त्रीसँगको भेटमा मुख्यतः संघीयताको प्रभावकारी कार्यान्वयनको विषयमा छलफल भएको जानकारी दिनुभयो ।

नेपालको संविधानमा प्रत्येक प्रदेशमा संघीय सरकारको प्रतिनिधिको रुपमा एक जना प्रदेश प्रमुख रहने व्यवस्था छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत