मङ्लबार, माघ २९, २०८१

२०२६ को विश्वकपमा ४८ देश सहभागी हुने


कान्तिपथ


सन् २०२२ सम्मको फिफा विश्वकपमा मात्र ३२ टोली हुन्थे । लिग चरण, नकआउट हुँदै फाइनलसम्म उनीहरूले ६४ खेल खेल्थे ।

अब भने फुटबलको प्रशासकीय निकाय फिफाले विश्वकप फुटबलको नियम परिवर्तन गरिदिएको छ । अब विश्वकप फुटबलमा ४८ देश सहभागी हुन पाउनेछन् र उनीहरूले १ सय ४ खेल खेल्नेछन् ।

आगामी विश्वकप सन् २०२६ मा उत्तर अमेरिकामा आयोजना हुनेछ । खेल संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदा ४८ देशले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकपमा टिमको संख्या बढ्दा खेलाडीहरूले पर्याप्त आराम पाउने फिफाको भनाइ छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत