शनिबार, चैत्र १८, २०७९

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनाव अदालतले रोक्यो


कान्तिपथ


उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयमा चैत ३ मा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित गर्न आदेश दिएको छ ।

विश्वविद्यालयअन्तर्गतको स्कुल अफ मेनेजमेन्ट (मुसोम) मा अध्ययनरत विद्यार्थीहरूले मतदान गर्नबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा मंगलबार रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले अर्को आदेश नआउन्जेलसम्मका लागि निर्वाचन स्थगित गर्न आदेश दिएको हो । उच्च अदालतले चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

स्कुल अफ म्यानेजमेन्ट (मुसोम) मा अध्ययनरत तीन जना विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालयका पाँचवटा कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत