शुक्रबार, अशोज ४, २०८१
  • गृहपृष्‍ठ
  • अर्थ वाणिज्य
  • काभ्रेपालान्चोक बनेपा १२ मा अबस्थित श्री बासडोल सामुदायिक माकोस अब बनेपा नगरपलिका वडा न १३ मा नया सेवा केन्द्र

काभ्रेपालान्चोक बनेपा १२ मा अबस्थित श्री बासडोल सामुदायिक माकोस अब बनेपा नगरपलिका वडा न १३ मा नया सेवा केन्द्र


कान्तिपथ


श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लि. को पहिलो सेवा केन्द्र बनेपा १३ भैसेपाटीमा मा नयाँ सेवा केन्द्रको थालनी गरिएको थियो । यस सेवा केन्द्र उद्घाटन कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष श्री सुरेन्द्र महतले गर्नु भएको थियो भने प्रमुख अतिथि जिल्ला सहकारी संघ लि. का अध्यक्ष श्री दिलिप शर्मा ज्यूले रिबन काटी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहाकार मुकुन्द शर्मा वरीष्ठ सल्लाहाकार श्री वकिलनाथ शर्मा वाग्ले, लेखा संयोजक कचन भुजेल, सल्लाहाकार हरीशरण विष्ट, रामेश्वर खत्री, बनेपा १२ नं. वडाका वडा अध्यक्ष राम बहादुर कुँवर, लेखा समिति सदस्य एवं संचालक समितिका सदस्य व्यवस्थापक अनन्त प्रसाद तिमल्सिना कर्मचारीहरु र शेयर सदस्यज्यूहरुको सहभागीतामा कार्यक्रम संचालन भई सम्पन्न भएको थियो ।


कार्यक्रम संचालन संस्थाका सचिव रामकृष्ण कुँवर ज्यू ले गर्नु भएको थियो । स्वागत मन्तव्य संस्थाका व्यवस्थापकले गर्नु भएको थियो । मन्तव्य वरीष्ठ सल्लाहाकार वकिलनाथ शर्मा वाग्ले, प्रमुख सल्लाहाकार मुकुन्द शर्मा र प्रमुख अतिथि श्री दिलिप शर्मा ज्यूले गर्नु भएको थियो । प्रमुख अतिथि ज्यूबाट सहकारीमा देखिएको वर्तमान समसामयिक विषयहरु चर्चा गर्नु भएको थियो ।


२०५८ सालमा पि.डि.डि.पि कार्यक्रम मार्फत ३८ वटा समूह मार्फत साप्ताहिक ५/ १० रुपैयाँ बचत संकलन बाट २०६४ भाद्र ०४ मा स्थापना भएको श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लि.को कार्यक्षेत्र बनेपा १२ रहदा १८ करोडको पुँजी २०९५ जना सदस्य रहेको यस संस्थाको कार्यक्षेत्र बनेपा र पनौती नगरपालिका भरी रहेकाले सदस्य सेवाका लागि बनेपा १३ भैसेपाटीमा पहिलो सेवा केन्द्र संचालनमा रहेको आगामी वर्षहरुमा सदस्य सेवाका लागि क्रमश सेवा केन्द्रहरु थप गर्दै सदस्यहरुलाई पृथक सेवा प्रदान गर्ने संस्थाका व्यवस्थापकले जानकारी गराउनु भयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत