शुक्रबार, अशोज १८, २०८१
  • गृहपृष्‍ठ
  • शिक्षा
  • नेपाल ल क्याम्पसलाई कानुन विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपाल ल क्याम्पसलाई कानुन विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता


कान्तिपथ


प्रधानमन्त्री तथा त्रिवि कुलपति पुष्पकमल दाहाल प्रचण्डले नेपाल ल क्याम्पसलाई छुट्टै कानुन विश्वविद्यालय बनाउने कुरामा प्रतिबद्धता जनाएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल ल क्याम्पसका विद्यार्थी नेताहरुको ध्यानाकर्षण पत्र बुझ्दै उनले सो प्रतिबद्धता जनाएका हुन् ।

नेपाल ल क्याम्पस त्रि.वि. भन्दापनि जेठो क्याम्पस भएको हुँदा यसलाई छुट्टै कानुनी विश्वविद्यालय बनाएर कानुनी शिक्षाको गुणस्तर बढाउन विद्यार्थी संगठनको माग छ । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘हामी सँधैभरि नेपाल ल क्याम्पसलाई एउटा बेग्लै कानून विश्वविद्यालय बनाउने अडानमा छौँ। हो जसको ईतिहास निकै गौरवशालि रहेको छ, यस्तो संस्थालाई व्यवस्थित बनाउन र अझ कानूनी शिक्षाको गुणस्तर बढाउन यस क्याम्पसलाई छुट्टै विश्वविद्यालयको अवधारणा अगाडि सार्दै नेपालमा कानूनी ज्ञानको गुणस्तर वृद्धी, सर्वशुलभ कानूनी शिक्षा र अन्तराष्ट्रिय स्तरको कानूनी जनशक्ति उत्पादन सम्भव बनाउन हामी प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराउँदछौँ ।’

प्रधानमन्त्रीसंगको भेटमा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा कानुन विभाग प्रमुख अधिवक्ता बिराज थापा, अखिल (क्रान्तिकारी) नेपाल ल क्याम्पस कमिटि अध्यक्ष तथा स्ववियु अध्यक्षका उम्मेदवार विष्णु ढुंगेल, स्ववियु सचिवका उम्मेदवार मनोज सिंह, नेपाल विद्यार्थी संघ नेपाल ल क्याम्पस कमिटिका अध्यक्ष मोहम्मद माजिद प्रवेज, अनेरास्ववियू नेपाल ल क्याम्पस कमिटि अध्यक्ष विशाल दत्त भट्ट लगायत उपस्थित थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत