आइतवार, भदौ २३, २०८१
  • गृहपृष्‍ठ
  • प्रशासन
  • सबै संरचनाहरूको गठन गरि प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सांसदहरूको जोड

सबै संरचनाहरूको गठन गरि प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सांसदहरूको जोड


कान्तिपथ


काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले संविधान र ऐनले व्यवस्था गरेका सबै संरचनाहरूको गठन गरि प्रभावकारी रुपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभएको छन् । 

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सघीय संसद् सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरुले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा प्रभावकारी रुपमा सेवा प्रदान गर्न नसकिएको बताउनुभएको हो । 

सांसदहरु राज्यलक्ष्मी गैरे, शेखरकुमार सिंह, तुलसा दाहाल लगायतले प्रदेश र स्थानीय तहले कानून बनाउँदा आपसमा बाझिने गरेको बताउनुभयो । 

बैठकमा अधिवक्ता मोहनलाल आचार्यले संघ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्धबारे  कार्यपत्र प्रस्तुत गर्दै तीनै तहको सरकारको संयुक्त लगानीमा योजना तर्जुमा र कार्यान्वयन हुन नसकेको, न्यायालय र न्यायिक समितिबीच समन्वय हुन नसकेको, कुन आयोजना कसले सञ्चालन गर्ने भनेर स्पष्ट हुन नसकेको र मन्त्रालयहरूले स्थानीय तहसँग साझेदारी नगरेका कारण समस्या आएको बताउनुभयो । 

उहाँले मुलुक सङ्घीयतामा गइसकेपछि जिल्लामा रहेका सम्पूर्ण संरचनाहरू राखेर गर्नुपर्ने र राष्ट्रिय योजना आयोग खारेज गरी प्राकृतिक स्रोत तथा वित्त आयोगलाई अधिकार सम्पन्न बनाइनुपर्ने, कानून निर्माण गर्न तीन तहबीच समन्वय हुने गरी साझा दिग्दर्शन बनाइनुपर्ने लगायतका सुझाव दिनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत