मङ्लबार, माघ १, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • उपराष्ट्रपतिको निर्वाचन भोलि हुँदै, निर्वाचनको लागि आवश्यक तयारी पुरा

उपराष्ट्रपतिको निर्वाचन भोलि हुँदै, निर्वाचनको लागि आवश्यक तयारी पुरा


कान्तिपथ


काठमाडौं- भोलि उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनका लागि आवश्यक तयारी पुरा भएको छ । उपराष्ट्रपति निर्वाचनमा तीन जना उम्मेद्वार चुनावी मैदानमा हुनुहुन्छ ।

उपराष्ट्रपति निर्वाचनका लागि वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा मतदान केन्द्र निर्माण गरिएको छ । राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यकालागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० मतदाता रहेका छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।

संघीय र प्रेदश सांसद मतदाता हुने सो निर्वाचनमा मतदाताहरुले आफ्नो परिचयपत्र लिएर जानुपर्नेछ । यस्तै मतदान सकिएसँगै शुक्रवार नै मतगणना गरि मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शुक्रवार हुने उपराष्ट्रपति निर्वाचनको लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यले मतदान गर्ने मतपत्रको रङ रातो बनाइएको छ । प्रदेश सभा सदस्यले प्रयोग गर्ने मतपत्र भने हरियो रङको छ ।

उपराष्ट्रपति पदका लागि अष्टलक्ष्मी शाक्य, ममता झा र रामसहायप्रसाद यादव चुनावी मैदानमा हुनुहुन्छ । मत पत्रमा प्रमिलाकुमारी यादवको पनि नाम रहनेछ । यादवले उम्मेदवारी फिर्ता लिने समयमा नाम फिर्ता नलिएका कारण मतपत्रमा उहाँको नाम पनि समावेस गरिएको छ ।

तर उहाँ अहिले चुनावी प्रतिस्पर्धाबाट बाहिरिनु भएको छ । यस अघि गत फागुन २५ गते राष्ट्रपति निर्वाचन भएको थियो । राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल विजयी हुनुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत