शुक्रबार, चैत्र ३०, २०८०
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • प्रधानमन्त्रीज्यु ठुला साबको म्याद थप हैन तल्लो दर्जाको बढुवा गर्नुस : देउजा

प्रधानमन्त्रीज्यु ठुला साबको म्याद थप हैन तल्लो दर्जाको बढुवा गर्नुस : देउजा


कान्तिपथ


नेपाल प्रहरीमा हाल आइजीपी सहित वहाँका व्याजीहरुको हाल विद्धमान सेवा अवधिको आधारमा केहि दिनमा अवकाश हुने व्यवस्थालाइ परिमार्जन गराउन सक्दा आफु र आफु संगै भर्ना भएका साथीहरुको सेवा अवधि लम्बिने हुनाले त्यस किसिमको कोशिसको संगठित लविङ्ग भैरहको छ । प्रहरी जीवन समर्पण सहितको सेवा मात्रै भएको भए यत्तिको कोशिस हुन्थ्यो वा हुन्न थियो थाहा छैन तर प्रहरी सेवा भन्दा अवसर जस्तो परिपाटी हावी भएको बेला त्यस्तो अभ्यासमा अभ्यस्तहरुले गर्ने त्यस्ता कोशिसलाइ अन्यथा मान्न सकिन्न तर निर्णयकर्ताहरुले के ठिक हो हैन भनेर निर्णय लिन सक्नुपर्छ ।

म चाहिं भन्छु कि प्रहरी सेवामा तिस वर्षे सेवा अवधि खारेज हुनुपर्छ तर त्यो यसै हचुवामा हतार हतार कोहि कसैको लागि खारेज गर्न हुदैन र त्यो सम्मानित सर्वोच्च अदालतका विभिन्न आदेशहरुकै कारण पनि यत्तिकै गर्न मिल्दैन । तै पनि दौडधुप जारि छ भन्ने कुरा लुकेको छैन । यस्तोमा म चाहिं सम्मनानिय प्रधानमन्त्रीज्यु र वहाँका सल्लाहकारहरुलाइ विनम्र अनुरोध गर्न चाहन्छु कि आफ्नो हितको लागि लविङ्गमा कुदिरहनु भएका आइजीपी र वहाँका व्याजी साथीहरुलाइ सोध्नु होला “ आज तिस बर्षमा अनेकन तहमा रजगज गरेर पनि नपुगेर सेवा अवधि थपेर टिक्न खोजेको त्यही प्रहरीमा एकै पदमा बिस बर्ष काम गर्न वाध्य सइहरु छन , कैयौं असइ, हवल्दार अनि सिपाहीं छन, तिनको चाहिं विचार गर्नु पर्ला कि नपर्ला ?” अनि पर्छ भन्नु भयो भने भन्नु होला “ अवैज्ञानिक, असन्तुलित र असंगतिपूर्ण ढंगले असमयमा तपाईंहरुको सेवा अवधि थप्दा ति तल्ला दर्जाहरु अन्यायमा पर्छन त्यसैले कोहि वा केहिलाइ अतिरिक्त सुख दिन हजारौंलाइ अन्याय गर्न सकिन्न ।”

आखिर सरकारको जिम्मा भनेको पनि त अन्यायमा परेकाहरुलाइ न्याय दिनु नै त हो ।प्रधानमन्त्रीज्यु देखि सम्पूर्ण नेताहरुलाइ थाहा होस कि वहाँहरु सबैको मतदाता रहेका नेपाल प्रहरीमा थुप्रै सइरु छन जो बर्षौं देखि सइ नै छन । अझै स्पष्ट पार्दै भन्ने हो भने प्रहरीको वृति विकासको समस्याले समयमा बढुवा नहुँदा कतिपय सईहरु सई हुँदा जन्मिएको उनीहरुको लाला बालाले कलेज पढी सकेर असई जागिर खान कुदेको हेर्नु परेको छ । अनि यस्तोमा तिनीहरु माथि झन अन्याय हजम होला त ? प्रधानमन्त्रीज्यु ?

-राधाकृष्ण देउजा



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत