आइतवार, भदौ २३, २०८१

उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु, केहीबेरमै नतिजा आउने


कान्तिपथ


उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । संसद भवनमा मतगणना सुरु भएको हो । निर्वाचनमा ८२९ सांसदले मतदान गरेका छन् । संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका छन् ।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम हुन्छ। उपराष्ट्रपतिमा जसपामा रामसहाय यादव, जनमतकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् । अंकगणितय हिसाबले जसपाका यादव विजयी हुने देखिएको छ । उपराष्ट्रपतिको निर्वाचनमा राप्रपा र नेमकिपा मतदान प्रक्रियामा सहभागी भएन ।

उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनमा सम्पन्न भएको छ । उपराष्ट्रपति चयनका लागि आज (शुक्रबार) भएको निर्वाचनमा संघ र प्रदेशका ५३ सांसद सहभागी भएनन् । मतदाता नामावलीमा ८८२ जनाको नाम भएपनि ८२९ जनामात्रै मतदानमा सहभागी भएको बताइएको छ ।

संघतर्फका २१ जना र प्रदेशतर्फका ३२ जना सांसदले मतदान नगरेका हुन् । संघ तर्फबाट ३११ र प्रदेश तर्फबाट ५१८ गरि ८२९ सांसद्ले उपराष्ट्रपति निर्वाचनमा मतदान गरे ।

राष्ट्रपति निर्वाचनमा सहभागी नभएका सांसदहरू
-राप्रपा संघ १४, प्रदेश २८ गरि जम्मा– ४२ जना
-नेमकिपा संघ १, प्रदेश ३ गरि जम्मा– ४ जना
-राष्ट्रपति रामचन्द्र पौडेल– १ जना
-संघका चन्द्र चण्डारी (बिरामी) १ जना
-संघका वर्षमान पुन (बिरामी) १ जना
-संघका सनाज रहमान (मृत्य) १ जना
-संघमा लक्ष्मी कोईरी महतो (फरार) १ जना
-जसपा प्रदेश सांसद– १ जना
-संघको मनोरमा शेरचन (बिरामी) १ जना



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत