शनिबार, चैत्र १८, २०७९

महान जनयुद्धका ८ हजार ३७१ जना सहिदको नाम राजपत्रमा प्रकाशित


कान्तिपथ


सरकारले १० वर्षे जनयुद्धका क्रममा सहिद भएका ८ हजार ३७१ जनाको नामावली राजपत्रमा प्रकाशित गरेको छ ।

नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएको सशस्त्र संघर्ष, क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सम्मानस्वरुप फागुन १५ गते सहिद घोषणा गर्ने निर्णय भए अनुसार उनीहरूको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरिएको हो ।

मन्त्रालयले ताप्लेजुङदेखि कैलाली जिल्लासम्म गरेर ७५ जिल्लाको सूची छुट्टा छुट्टै बनाएर प्रकाशित गरेको हो ।

सूची अनुसार सबैभन्दा बढी रोल्पाका ७५३ जना सहिद रहेका छन् भने त्यसपछि क्रमशः दोस्रोमा रुकुमका ५८४ जना, तेस्रोमा कालिकोटका ४३३ जना रहेका छन् । सबैभन्दा कम सहिद रहेको जिल्लामा भक्तपुर ६ जना, काठमाडौं ७ र ललितपुर १४ जना रहेका छन् ।

जनयुद्धका क्रममा सहिद भएका ८३७१ जना सहिदको सूचीमा कुन जिल्लामा कति ? सूची यहाँ क्लिक गरेर हेर्नुहाेस् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत