बुधबार, फाल्गुन ९, २०८०

छोटो समयमा सरकारले प्रभावकारी काम गरेको छ : प्रधानमन्त्री दाहाल


कान्तिपथ


काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोटो समयमा प्रभावकारी काम गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले सरकारले छोटो समयमा अर्थतन्त्रको पुनरुत्थान, सुशासनको प्रत्याभूति, विकास निर्माणलाई तीव्रता दिन इमान्दारितापूर्वक क्रियाशील रहेको बताउनुभयो । 

संसद्को आजको बैठकमा आफ्नो पक्षमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा उहाँले सेवा प्रवाहमा सरलीकरण, सामाजिक न्यायको प्रवद्र्धन र राष्ट्रिय हितको अभिवृद्धिका लागि सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

संसद्मा स्थायित्वको वाचाका बाबजुद सरकार गठनको दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउँला भन्ने आफूलाई नलागेको बताउँदै उहाँले नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएका कारण विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत