नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ। सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेपछि जारी छलफलमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले दलको धारणा प्रष्ट पारेका हुन्।
पौडेलले बाँकी दललाई पनि विश्वासको मत नदिन आग्रह गरे। ‘प्रधानमन्त्रीले सदनसमक्ष विश्वासको मत माग्नुभएको छ। तर जस्तो परिस्थितिमा, जस्तो पृष्ठभूमिबाट गुज्रिँदै उहाँ यो दिनमा आइपुग्नुभएको छ। र जसरी उहाँले विश्वासको मत मागिरहनुभएको छ। मलाई लाग्छ, उहाँलाई विश्वासको मत दिने कुनै आधार र कारण देखिएन,’ उनले भने, ‘यो सिंगो सदनमा विपक्षमा दृढतापूर्वक उभियोस् भन्ने हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु।’
पुस २६ मा पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए। त्यतबेला मतदानमा सहभागी २७० सांसदमध्ये प्रचण्डले २६८ मत पाएका थिए। विपक्षमा २ मत खसेको थियो। यसबीचमा एमाले र राप्रपाले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ