कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा सोमबार आक्रमणको प्रयास भएको छ। विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका मुख्यमन्त्री कार्कीमाथि प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलन गरिरहेका आन्दोलनकारीले आक्रमण प्रयास गरेका हुन्।
सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्जाङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले अवरोध गरेका थिए।
कालोझन्डासहित उपस्थित आन्दोलनकारीले मुख्यमन्त्रीको गाडीमा लगाइएको राष्ट्रिय झन्डा थुतेका थिए। फागुन १७ मा प्रदेशको नाम कोशी राखिएपछि लिम्बूवान, खम्बुवान, किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङसहितका संगठनहरु संयुक्त संघर्षमा छन्। सिद्धिचरण नगरको वडा नम्बर १ तिर कडा सुरक्षासहितको गाडीमा जाँदै गरेका बेला आन्दोलनकारीले रोकेका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ